साउन २७ । डिफेन्डर भिक्टर लिन्डेलोफ स्विडेनको राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका छन्। स्विडेन फुटबलले बुधबार लिन्डेलोफलाई कप्तान चयन गरेको हो।
२७ वर्षीय डिफेन्डरले सन् २०१६ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। राइट ब्याक लिन्डेलोफले स्विडेनका लागि ४५ खेलमा ३ गोल गरेका छन्। उनले स्विडेनको उमेर समूहको टिमबाट समेत खेलिसकेका छन्। लिन्डेलोफले म्यानचेस्टर युनाईटेडबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। एजेन्सी
Facebook Comments


























