साउन २७ । बुधबार शेयरबजार झिनो अंकले उकालो लागेको छ। शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ०.७६ अंकले बढेर ३ हजार १६२.४० अंकमा पुगेर कारोबार बन्द भएको हो।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने २.४७ ले घटी ५८५.६२ मा पुगेको छ। यसअघि मंगलबार १७ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १५ अर्ब ४५ करोड पुगेको छ।
कुल २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबार भएका कुल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको सेयर उकालो लागेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर ओरालो लागेको छ।
हाइड्रोपावरको १०४.७९ ले बढेको छ भने र व्यापार समूहको ४९.६५ ले घटेको छ।
Facebook Comments


























