साउन २५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
सुन तोलामा एक हजार रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैँयामा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments

























