साउन २५ । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा रियलले इटालियन क्लब एसी मिलानसँग गोलरहित बराबरी खेलेको हो।
अष्ट्रियामा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन्। रियलले बल पोसेसनमा पकड जमाए पनि गोल गर्न सकेन। रियलले आधा दर्जन बढी पोस्ट आक्रमण गरेपनि गोल गर्न सकेन। मिलानले समेत गोलको केहि उत्कृष्ट अवसर खेर फालेको थियो।
मैत्रीपूर्ण खेल अन्तर्गत नै अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिड भने पराजित भएको छ। एट्लेटिकोलाई डच क्लब फाइनुर्डले २-१ गोल अन्तरले पराजित गरेको हो। एजेन्सी
Facebook Comments


























