साउन, २४ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा १ हजार ५ सय रुपैयाँको गिरावट आएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कायम भएको छ। महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी १ हजार २ सय ६५ रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो।
Facebook Comments


























