काठमाडौं, साउन १८ । भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली युवालाई महाकाली नदीमा बेपत्ता बनाएको प्रकरण छानबिन गर्न गृह मन्त्रालयको टोली आज दार्चुला प्रस्थान गर्दैछन्।
दार्चुलाको व्यास नगरपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली दार्चुला जान लागेको हो।
गृम मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेको छानबिन समिति गठन गरेको छ।
घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले समितिलाई निर्देशन दिएका छन्।


























