धनुषा, साउन १५ । गणेशमान चारनाथ नगरपालिका– १० बरमझिायाबाट हराइरहेकी छ वर्षीया बालिकाको शव फेला परेको छ। सोमबार विहान घरबाटै हराइरहेकी प्रिति यादवको शव आज इनारमा फेला परेको हो।
बालिका पिता वीरेन्द्र यादवका अनुसार सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन्। बालिकाको शव घरदेखि ५०० मिटरका दूरीमा रहेको इनारमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। रासस
Facebook Comments


























