चितवन, साउन १४ । चितवनका अधिकांश क्षेत्रमा आज (विहिबार) विद्युत सेवा अवरुद्ध हुने भएको छ।
हेटौँडा ग्रिड महाशाख अन्तर्गतको भरतपुर १३२, ३३, ११ केभी सबस्टेसनमा १३२ केभी बसबार कण्डक्टर मर्मत कार्य भईरहेकाले भरतपुर सवस्टेसनबाट वितरित हुने सम्पुर्ण फिडरहरु प्रभावित हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। विद्युत प्राधिकरण भरतपुर वितरण शाखाका इन्जिनियर विनोद सापकोटाका अनुसार आज बिहान ९ बजेदेखि २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ।
आज भरतपुर महानगरपालिका र माडी नगरपालिकाका सम्पुर्ण क्षेत्र, रत्ननगर, कालिका, राप्ती र खैरहनीका केही भाग र नवलपरासी पुर्वको दाउन्नेसम्म विद्युत सेवा अवरुद्ध हुने सापकोटाले जानकारी दिए। भरतपुर सव स्टेसनबाट १० वटा फिडरमा विद्युत वितरण हुन्छ।
औद्योगिक फिडर १, २, भरतपुर फिडर १, २, कल्याणपुर, भृकुटी, नारायणघाट, गैडाकोट, कोकाकोला फिडर रहेका छन्। यस्तै ३३ केवि अन्तर्गतको चनौली सवस्टेसनबाट वितरित हुने नारायणी, रामपुर र गितानगर फिडरबाट वितरित विद्युत सेवा पनि प्रभावित हुनेछन्।


























