काठमाडौं, साउन १३ । हंगेरी सरकारद्वारा नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग भएको छ। हंगेरी गणतन्त्रका महामहिम राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।
नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामग्रीले नेपालमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रही काम गर्ने व्यक्तिहरुका लागि सहयोगी सिद्ध हुने अपेक्षा राखेका छौँ।”
Facebook Comments


























