साउन १३ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ०४ पैसा र बिक्रीदर १४० रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























