चितवन, साउन १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७७८ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भई डिसचार्ज भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनाको पीसीआर परीक्षणमा २ हजार ७२६ र ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १७३ जना गरी कुल ३ हजार ८९९ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























