साउन १० । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भइहरको छ।
Facebook Comments


























