काठमाडौं, साउन १० । कोरोना भाइरसको महामारीले करिव दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आज शुरु भएको छ। आज स्नातक तह पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।
उनका अनुसार आज बीए, बीएड र बीएससीतर्फका चार वर्षेरतीन वर्षे परीक्षा शुरु भएका छन्। सोमबार व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुने उनले जानकारी दिए। महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाए पनि परीक्षा भने भौतिक उपस्थितिमै शुरू गरेको हो।
Facebook Comments


























