साउन ८ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोलाा ३०० रुपैयाँले बढ्दा चाँदी तोलामा १० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९२ हजार १०० रुपैयाँ र तेजावी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि हिजो बिहीबार सोही परिमाणको छापावाल सुन ९१ हजार ८०० रुपैयाा र तेजावी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ। बिहीबार एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























