चितवन, साउन ७ । माडीमा जंगली भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। माडी नगरपालिका वडा नं. १ पाण्डवनगरका अन्दाजी बर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ।
शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।
Facebook Comments


























