मुम्बई, साउन ५ । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्र अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन्। उनीमाथि अश्लील फिल्म बनाउने कामसँगै केही एप्समा ती फिल्म राख्ने गरेको आरोप लागेको छ।
क्राइम ब्राञ्च मुम्बईले सन् २०२१ को फेब्रुअरीमा उनीमाथि अश्लील फिल्म बनाएको र केही एप्समा प्रसारण गरेको उजुरी परेपछि पक्राउ गरिएको जनाएको छ।
प्रहरीले राज संलग्न रहेको आफूहरुसँग पर्याप्त प्रमाण भएका आधारमा पक्राउ गरेको जनाएको छ। सोमबार राजलाई मुम्बई प्रहरीको अपराध शाखाको सम्पत्ति प्रकोष्ठमाझ उपस्थित गराइएको थियो।
राज यसअघि कैयौं पटक विवादमा आइसकेका छन्। यसअघि मोडल र अभिनेत्री पुनम पाण्डेले राज र उनका सहयोगीविरुद्ध बम्बई उच्च अदालतमा उजुरी दिएकी थिइन्। राजको कम्पनीले आफ्नो तस्वीरलाई गलत रुपमा प्रयोग गरेको आरोप पुनमले लगाएकी थिइन्। उनले पुनमको आरोपको खण्डन गर्दै आफूले पोर्न फिल्म बनाउने काम छोडिसकेको दाबी गरेका थिए। दैनिक जागरण


























