साउन ५ । इराकको बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ। अन्य कयौँ घाइते भएको सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा मंगलबार विस्फोट भएको हो। यो विस्फोटलाई पछिल्लो छ महिनायताकै सबैभन्दा घातक ठानिएको छ। विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ।
इराक सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेयता त्यहाँ विस्फोटका घटना बढेका छन्। ऐजेन्सी
Facebook Comments


























