साउन ३ । पश्चिम युरोपमा भारी वर्षापछिको बाढीपहिरोमा मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ। कयौँ मानिसहरु बेपत्ता भएका छन्।
बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित भएको छ। बाढीको असर सबैभन्दा धेरै असर जर्मनीमा परेको छ। मृतक १४३ जना जर्मनीका छन्। एक महिनामा पर्ने पानी २४ घण्टाभित्रै परेको त्यहाँको मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
जर्मन चान्सलर एन्जेला मर्केलले विपत्तिमा परेका सर्वसाधारणको उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएकी छन्। एजेन्सी
Facebook Comments


























