साउन १ । इटालियन सिरी ‘ए’ फुटबलमा हरियो जर्सी लगाउन नपाईने भएको छ। सिरी ‘ए’ ले सन् २०२२/२३ को सिजनबाट हरियो रङ्गको जर्सीलाई प्रतिबन्ध गरेको फुटबल इटालियाले जनाएको छ।
आगामी सिजन भने हरियो जर्सी लगाउन पाईने बताईएको छ। सिरी ‘ए’ को नयाँ नियमसँगै मुख्यत सासोउलोले आफ्नो परम्परागत जर्सी लगाउन नपाउने भएको छ। सासोउलोले हरियो र कालो रङ्ग प्रयोग गर्दै आइरहेको छ।
सिरी ‘ए’ फुटबलको प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजन कम्पनिहरुको आग्रहमा नयाँ नियम ल्याउन लागिएको बताईएको छ। मैदान र खेलाडीको रङ्ग एकै हुँदा टेलिभिजन लाईभ हेर्ने दर्शकलाई समस्या हुने गरेको बताईएको छ।
Facebook Comments


























