काठमाडौँ, असार ३१ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा झनै खुकुलो गर्दै १० दिन थप भएको छ। बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय गरेको हो।
शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ। काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ। यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यकाको जारी निषेधाज्ञा भने १० दिन थप्ने निर्णय गरेको जानकारी दिए। अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिइने भएको छ।
Facebook Comments


























