बर्लिन, असार ३१ । जर्मनीमा बाढीले जनजीवन अस्तव्यस्त बनाइदिएको छ। पश्चिम जर्मनीमा बुधबारदेखि भएको भारी वर्षाले कम्तिमा ६ वटा घर भत्किएका छन्। अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने दर्जनौं मानिसहरू बेपत्ता भएका छन्।
हजारौं घर बिजुली बत्ती काटिएको छ भने पिउने पानीको लाइनमा पनि क्षति भएको छ। मौसमविद्हरूले शुक्रबारसम्म भारी वर्षा हुने सम्भावना रहेको बताएका छ। एजेन्सी
Facebook Comments


























