असार ३१ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुन तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।
Facebook Comments


























