चितवन, असार ३० । पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते भएकीछन्। घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो। गैँडाको आक्रमबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ। रासस
Facebook Comments


























