असार २९ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। हिजो सोमबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। तेजावी सुनको मूल्य आज ९१ हजार ९०० रुपैयाँ रहेको छ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३१० रुपैयाँ रहेको थियो।
Facebook Comments


























