चितवन, असार २८ । चितवनमा कोरोना भाईरसको नयाँ भेरियन्ट फेला परेको छ। भरतपुर महानगरपालिका भित्रका २ जनामा डेल्टा भेरियन्ट देखा परेको भरतपुर अस्पतालले जनाएको छ। भरतपुर अस्पतालको प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखिएका ५वटा स्वाबका नमुनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाईएको मध्ये २ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको हो।
डेल्टा भेरियन्ट बालबालिकादेखि वृद्ध वृद्धासम्मका सबै उमेर समूहमा संक्रमणको उच्च जोखिम रहने र फोक्सोमा बढी असर गर्न सक्ने विज्ञहरुको भनाई छ।

Facebook Comments


























