चितवन, असार २७ । गत २४ घण्टाभित्र नेपालमा थप १ हजार ५३३ जना कोरोना संक्रमित निको भएर डिसचार्ज भएकाछन्।
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख १९ हजार ८९४ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा झण्डै दुई हजार कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २१८ जनामा गरिएको परीक्षणमा एक हजार ८३१ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार ५ हजार ५३५ जनामा आरटी पीसीआर र ३ हजार ६८३ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट एक हजार २३७ र एन्टिजेनबाट ५९४ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























