चितवन, असार २४ । गाई काटेर मासुको भाग लगाउँदै गरेका तीन जना पक्राउ परेका छन्। चितवनको कालिका नगरपालिका -१ सुन्दरबस्तीस्थित महेन्द्र सुबेदीको केराबारी नजिक सुन्दरबस्ती घोलमा असार २३ गते दिउँसो गाई काटेर भाग लगाउँदै गरेको अबस्थामा एक युवतीसहित दुई युवाहरू पक्राउ परेको चितवन प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं. १ बस्ने ३२ बर्षकी उर्मिला परियार, सोही ठाउँका १६ बर्षका सविन परियार र १६ बर्षकै सुवास परियार पक्राउ परेका हुन्। पक्राउ गरेका तीनै जनालाई चितवन जिल्ला अदालतवाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय टाँडीबाट थप अनुसन्धान भैरहेको छ।
Facebook Comments


























