तनहुँ, असार २४ । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्। ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।
श्रेष्ठका अनसार आज बिहान साढे ५ बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरा खस्दा पुरेको हो। “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उनले भने । बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन्। रासस
Facebook Comments


























