असार २३ । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ। वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन् इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति पौने १ बजे सुरु हुनेछ।
आज इंग्ल्यान्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ।
इंग्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो। यस्तै राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो।
डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो। त्यसअघि डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको थियो।
इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ। जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ। दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ। एजेन्सी














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











