धनुषा, असार २० । २ सय ४ किलो गाँजासहित प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठ छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार महासेठले घरमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको हो। पक्राउ परेका महासेठ यसअघि पनि पटक पटक लागुऔष मुद्दामा जेल परेका व्यक्ति हुन्। महासेठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























