काठमाडौं, असार २० । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। सअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























