काठमाडौं, असार १७ । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरी २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नु अघि गरिएको कोरोना परीक्षणमा खेलाडी र अफिसियल गरी २० जनाको रिपोर्ट पोजेटिभ देखिएको अनिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको हो।
एन्फा प्रवक्ता किरण राईले २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे। खेलाडीहरुलाई कोरोना देखिएपछि एन्फाले बन्द प्रशिक्षण एक साता स्थगित गरेको छ।
एन्फाले आज (बिहीबार) बाट टिममा बन्द प्रशिक्षण शुरु गर्ने तयारी गरेको थियो।
Facebook Comments


























