चितवन, असार १७ । चट्याङ लागेर एक महिला घाइते भएकीछन्। राप्ती नगरपालिका–९ लालपुरकी ४५ वर्षीया बिजुली श्रेष्ठलाई आफ्नै घर नजिक धान रोप्ने क्रममा चट्याङ लागेको हो। इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार बिहान ८ बजेर ३५ मिनेटमा श्रेष्ठलाई चट्याङ लागेको हो। गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि भरतपुर ल्याइएको छ।
Facebook Comments


























