असार १६ । अभिनेता पल शाहलाई रजतपट कोसेली अभियानले ‘रियल हिरो अफ दि इयर’ बाट सम्मान गरेको छ। उनलाई मंगलबार यो सम्मानबाट सम्मानित गरिएको हो।
उनलाई सोमबार सम्मान गर्ने भनिए पनि पल काठमाडौं बाहिर रहेकाले उनलाई मंगलबार सम्मान गरिएको हो। अभियानका संयोजक प्रकाश सुवेदीले पलले महामारीको समयमा समस्यामा परेका फिल्म प्राविधिकदेखि सर्वसाधारणहरुलाई सहयोग गरेकाले उनलाई सम्मान गरिएको बताए।
पललाई ७ किलोको माला र सम्मान पत्र दिइएको थियो। पलको सम्मानपत्र अभिनेता भुवन केसीले वाचन गरेका थिए। अभिनेता पलले आफू सम्मानित हुन पाउदा खुशी लागेको बताए।
Facebook Comments


























