काठमाडौं, असार १३ । सर्वोच्च अदालतले बहराइनको लागि राजदूतमा सिफारिस भएका युवराज कार्कीलाई नियुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ।राजदूत नियुक्तिका लागि कार्कीको योग्यता नपुगेको भन्दै निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो।
अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यान्वयन नगर्न भनेको हो।
उनलाई वैशाख २५ गते राजदूतमा नियुक्तिका लागि सरकारले सिफारिस गरेको थियो। प्रतिनिधिसभा विघटन भएकाले उनको संसदीय सुनुवाइ नभई नियुक्तिको तयारी भएका बेला अदालतले रोक लगाएको हो।
कार्की पूर्वमन्त्री भएकाले मन्त्री भइसकेको व्यक्तिको हकमा स्नातक उपाधी हासिल गरेको हुनु पर्ने भन्ने निर्देशिकालाई अदालतले अस्वीकार गरेको छ। नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका कार्की २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा पूर्वसामान्य प्रशासन मन्त्री भएका थिए।


























