असार १३ । कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.३८ अंकले बढेको छ। आज ०.९६ प्रतिशतको वृद्धि हुँदै २८७०.३८ विन्दुमा पुगेर बन्द भएको छ।
आज २ करोड ९७ लाख ४३ हजार ७७ कित्ताको सेयर किनबेचमा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रूपैयाँ कारोबार भएको छ। सबैभन्दा धेरै एनएचपीसीको ४० करोड बराबरको भयो। सेन्चुरी कमर्सियल बैंक र माथिल्लो तामाकोशीको स्यर करिब १० प्रतिशतले बढेको छ।
आज बैंकिङ, व्यापार, हाइड्रोपावर, उत्पादन, अन्य, माइक्रोफाइनान्स, म्युचल फण्ड र लगानी समूहको सेयर मूल्य बढेको छ।
Facebook Comments

























