असार १३ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बृद्धि भएको हो।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजावी ९० हजार २ सय रुपैयाँ रहेको छ। शुक्रबार छापावाल सुन ९० हजार ५ सय रुपैयाँ, तेजावी ९० हजार रुपैयाँ र चाँदीको भाउ १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि दुई कारोबार दिन घटिरहेको सुनको मूल्य शुक्रबार स्थिर बनेको थियो। त्यस्तै चाँदी ५ रुपैयाँले बढेको महासंघले जनाएको छ। चाँदीको भाउ १ हजार ३०५ रुपैयाँ कायम गरिएको छ। चादी चाँदी शुक्रबार पनि ५ रुपैयाँले नै बढेको थियो।
Facebook Comments


























