झापा, असार १२ । अर्जुनधारा नगरपालिका–३ का राजकुमार खनाल विरिङ खोलामा आज बिहान मृतावस्थामा फेला परेका छन्। अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित विरिङ खोलाको पानीमा ४० वर्षीय खनालको शव फेला परेका हो।
खनाल शुक्रबार राति ८ बजेपछि घरबाट हराएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
Facebook Comments


























