काठमाडौं, असार १२ । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि चेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ।
हरेक वर्ष जुन २६ मा यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ यो दिवस मनाउने घोषणा गरिएको थियो। नेपालमा यस वर्ष ‘लागुऔषधरहित परिवार स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरेर दिवस मनाइँदैछ।
नेपालमा एक लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले नेपालमा वार्षिक वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको आकलन गरेको छ।
Facebook Comments


























