असार १२ । रोमानियाकी खेलाडी सिमोना हालेपले विम्बल्डन टेनिस नखेल्ने भएकी छन्। चोटको कारण विश्व वरीयताको तेस्रो स्थानमा रहेकी हालेपले विम्बल्डन गुमाउने भएकी हुन्। यस वर्षको विम्बल्डन जुन २८ बाट सुरु हुनेछ।
हालेप साविक विजेता समेत हुन्। २९ वर्षीय हालेपले २०१९ मा विम्बल्डन जितेकी थिइन्। गत वर्ष भने कोरोना महामारीको कारण प्रतियोगिता आयोजना भएन।
‘म निराश छु र यो निर्णय लिनु परेकोमा दुखी छु। यो अवधि मेरो लागि गाह्रो रहेको छ,’ हालेपले भनेकी छिन्। हालेपले इटालियन ओपनको दौरान चोट बोकेकी थिइन्। हालेपले देब्रे खुट्टाको पिडुलाको चोट बोकेकी थिइन्।
चोटकै कारण हालेपले फ्रेन्च ओपन गुमाएकी थिइन्। हालेपले एक पटक फ्रेन्च ओपन जितेकी छिन्। एजेन्सी
Facebook Comments


























