असार ११ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोकै दरभाउ अनुसार आज पनि सुनको कारोबार भइरहेको छ। आज छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य भने बढेको छ। तोलामा ५ रुपैयाँ बढेको चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























