असार ११ । कोपा अमेरिका अन्तर्गत उरुग्वेले पहिलो जित हासिल गरेको छ। आज (शुक्रबार) विहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई २-० गोल अन्तरले पराजित गरेको हो।
उरुग्वेको जितमा एडिनसन कभानीले एक गोल गरेका थिए भने एक गोल बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल गरेका थिए। यो जितपछि उरुग्वे नकआउट चरणमा पुगेको छ। उरुग्वेको ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक भएको छ। त्यस्तै बोलिभियाको भने यो लगातार तेस्रो हार हो।
समुह ए मा रहेको उरुग्वेसहित यस समुहबाट अर्जेन्टिना, चिली पनि नकआउट चरण अर्थात क्वाटर फाइनलमा पुगिसकेका छन्। त्यस्तौ समुह बि बाट भने अहिलेसम्म ब्राजिल र कोलम्बिया क्वाटरफाइनलमा पुगेका छन्। एजेन्सी
Facebook Comments


























