असार ९ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला ३०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मुल्य पनि आज ५ रुपैयाँले घटेको छ। साताको कोरोबारको चौथो दिन आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























