असार ९ । इंग्ल्यान्ड समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बानीको हो।
वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे। खेलको १२ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेका हुन्। ज्याक ग्रेलिसको पासमा उनले गोल गरेका हुन्। जारी युरोमा स्ट्रर्लिङको यो दोस्रो गोल हो।
यस जितसँगै समूह ‘डी’ को इंग्ल्यान्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ। शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो।इंग्ल्यान्डले समूह चरणमा कुनैपनि गोल व्यहोर्नु परेको छैन। समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १-० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो।
चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोड्यो। चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो। चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ। उत्कृष्ट तेस्रो हुँदै चेक रिपब्लिक अन्तिम १६ मा पुगेको हो। समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो। एजेन्सी


























