काठमाडौं, असार ६ । तास खेलिरहेको अवस्थामा प्रहरीले नौजना पक्राउ गरेको छ। पोखरा महानगरपालिका–५, पर्श्याङ, धारापानी मार्गमा डेरा गरी बस्ने धादिङका ३० वर्षीय जितबहादुर गुरुङको कोठामा तास खेलिरहेका गुरुङसहित नौजनालाई प्रहरीले पक्राउ गरेको हो।
शनिबार बेलुका वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २३ हजार १६५ रुपैयाँ सहित पक्राउ गरेको छ। साथै उनीहरूको साथबाट एक बुक तास पनि फेला पारेको प्रहरीले जनाएको छ।
Facebook Comments


























