काठमाडौं, असार ६ । एक दलित युवतीलाई कोठा नदिएको आरोपमा प्रहरीले बबबरमहल निवासी सरस्वती प्रधानलाई पक्राउ गरेको छ। उनीविरुद्ध २४ वर्षीया त्रकार रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन्।
महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले ५८ वर्षीया प्रधानलाई पक्राउ गरेको डीएसपी रमेश बस्नेतले बताए। उनीसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ। प्रहरीले घरबेटी प्रधानविरुद्ध गत शुक्रबार जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ।
Facebook Comments


























