असार ५ । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाईज टिम विराटनगर सिटी एफसीले भुटानको क्लब पारो एफसीसँग सम्झौता गरेको छ। विराटनगरले शनिबार एक विज्ञप्ति निकाल्दै भुटानी क्लबसँग क्लबले सम्झौता गरेको जनाएको छ।
दुई देशको फुटबल विकास र स्तर सुधारका लागि पारोसँग सहकार्य गरिएको विराटनगरले जनाएको छ।
‘पारो फुटबल क्लबसँग सम्झौता पत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा विराटनगर सिटी एफसी खुसी छ,’ विज्ञप्तिमा भनिएको छ,’हामी साझेदारीसँग धेरै उत्साहित छौं।’
पहिलो संस्करणको एनएसएलमा विराटनगर लिग चरणबाट बाहिरिएको थियो।
Facebook Comments


























