जाजरकोट, असार ४ । जाजरकोटको जलजला पाटनमा चार दिनदेखि हराइरहेका सात जना सकुशल भेटिएका छन्।
बिहान प्रहरी र स्थानीय बासिन्दाको टोलीले उनीहरुलाई सकुशल भेटेर उद्धार गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए।
चरिचरन क्षेत्रमा गोठाला गएका कुशे गाउँपालिका–९ का कृष्ण रोकाया, वडा नम्बर ८ का दिलबहादुर खड्का, चन्द्रा खड्का, विक्रम खड्का, भविन्द्र खड्का, धनसरा खड्का र भीम खड्का मङ्गलवारदेखि सम्पर्कविहीन थिए।
उनीहरु घर फर्कँदै गर्दा हावाहुरी र पानी परेपछि सम्पर्कविहीन भएका थिए। हावाहुरीमा जोगिएका भक्तबहादुर रोकाय, ईश्वर रोकाय, दुर्गा रोकाय र गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए।
Facebook Comments

























