इस्लामावाद, पुस २० । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ मजदूरको अपहरणपछि हत्या भएको छ। यो हत्याको जिम्मा इस्लामिक स्टेट समूह (आइएस) ले लिएको छ। ती मजदूरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिबार हत्या गरिएको थियो। मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन्। शिया इस्लाम धर्म मान्ने भएकाले उनीहरूलाई कट्टरपन्थीहरूले निसाना बनाउने गरेका छन्।
प्रधानमन्त्री इमरान खानले उक्त घटनालाई ‘अमानवीय आतंककारी कार्य’ भन्दै निन्दा गरेका छन्। हत्याको विरोधमा त्यस क्षेत्रमा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरुले दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन्। एजेन्सी
Facebook Comments


























