असार ४ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिददर १४१ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा तथा बिक्रीदर ९० रुपैयाँ २६ पैसा रहेको छ।
क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ९० रुपैयाँ २६ पैसा कायम रहेको छ। जापानिज यान १० को खरिददर १० रुपैयाँ ६८ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७४ पैसा रहेको छ।
साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


























